२०८३ असार २० गते, शनिबार १५:०५

देश सम्पन्न बनाउन स्वदेशकै स्रोत साधनको सदुपयोग गरौँः कार्यकारी प्रमुख जोशी

काठमाडौं-

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले युरोप तथा अमेरिकाका बुद्धको अनुयायीहरुलाई नेपालको पर्यटनसँग जोड्नु पर्ने बताउनुभएको छ ।

बुधवार काठमाडौमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वभर ५५ लाखभन्दा बढी बुद्धका अनुयायी भएको बताउनु भयो । उहाँले युरोप र अमेरिकामा रहेका बुद्धका अनुयायीहरुले बुद्धिजमलाई विशिष्ट दर्शनका रुपमा ग्रहण गरेकाले ती युरोप र अमेरिका नेपालका लागि मूल्यमा आधारित बजार भएको बताउनु भयो ।

उहाँले बुद्ध धर्मको तीन खण्ड मायाना, हिनायाना र थेरावादामध्ये विश्वका धेरै देशमा एक वा दुई खण्डको अभ्यास हुने तर नेपालमा तीनै खण्डको अभ्यास गर्ने अनुयायी भएकाले नेपालका लागि यो विशिष्ट पहिचान भएको बताउनुभयो । म्यानमार, श्रीलंकालगायत कतिपय देशको राष्ट्रिय धर्म नै बुद्धिष्ट भएकाले बुद्ध जन्मिएको देश नेपालको विशिष्ट स्थान रहेको उहाँको भनाइ छ ।

उहाँले बुद्धिष्ट सर्किटको बारेमा नेपालका भन्दा पनि भारतका धेरै एजेन्ट्सहरुले प्रचारप्रसार गर्ने गरेको बताउनु भयो ।नेपाल पर्यटन बोर्डका कार्यसमिति सदस्य ऋषिराम भण्डारीले जुन देशमा जस्तो स्रोत साधन छ त्यसैको प्रयोगले आर्थिक रुपमा देश सम्पन्न भएको बताउनु भयो ।

उहाँले सबैभन्दा बढी मरुभूमि रहेका मध्यपूर्वका देशहरु आफ्नै देशको खनिज पदार्थ तेल बेचेर सम्पन्न भएको बताउनु भयो । नेपालले आर्थिक रुपमा सबल बन्नका लागि यहाँको धर्म, खेलकुद तथा प्रकृतिको सदुपयोग गरी पर्यटन प्रवद्र्धन गर्नुपर्ने उहाँको भनाइ छ ।

सीमित बजेट भएपनि पर्यटन प्रवद्र्धनका लागि हुने कार्यक्रमहरुमा सहयोग गर्ने नेपाल पर्यटन बोर्डको भनाइ छ ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस