काठमाडौं-
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले युरोप तथा अमेरिकाका बुद्धको अनुयायीहरुलाई नेपालको पर्यटनसँग जोड्नु पर्ने बताउनुभएको छ ।
बुधवार काठमाडौमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वभर ५५ लाखभन्दा बढी बुद्धका अनुयायी भएको बताउनु भयो । उहाँले युरोप र अमेरिकामा रहेका बुद्धका अनुयायीहरुले बुद्धिजमलाई विशिष्ट दर्शनका रुपमा ग्रहण गरेकाले ती युरोप र अमेरिका नेपालका लागि मूल्यमा आधारित बजार भएको बताउनु भयो ।

उहाँले बुद्ध धर्मको तीन खण्ड मायाना, हिनायाना र थेरावादामध्ये विश्वका धेरै देशमा एक वा दुई खण्डको अभ्यास हुने तर नेपालमा तीनै खण्डको अभ्यास गर्ने अनुयायी भएकाले नेपालका लागि यो विशिष्ट पहिचान भएको बताउनुभयो । म्यानमार, श्रीलंकालगायत कतिपय देशको राष्ट्रिय धर्म नै बुद्धिष्ट भएकाले बुद्ध जन्मिएको देश नेपालको विशिष्ट स्थान रहेको उहाँको भनाइ छ ।
उहाँले बुद्धिष्ट सर्किटको बारेमा नेपालका भन्दा पनि भारतका धेरै एजेन्ट्सहरुले प्रचारप्रसार गर्ने गरेको बताउनु भयो ।नेपाल पर्यटन बोर्डका कार्यसमिति सदस्य ऋषिराम भण्डारीले जुन देशमा जस्तो स्रोत साधन छ त्यसैको प्रयोगले आर्थिक रुपमा देश सम्पन्न भएको बताउनु भयो ।
उहाँले सबैभन्दा बढी मरुभूमि रहेका मध्यपूर्वका देशहरु आफ्नै देशको खनिज पदार्थ तेल बेचेर सम्पन्न भएको बताउनु भयो । नेपालले आर्थिक रुपमा सबल बन्नका लागि यहाँको धर्म, खेलकुद तथा प्रकृतिको सदुपयोग गरी पर्यटन प्रवद्र्धन गर्नुपर्ने उहाँको भनाइ छ ।
सीमित बजेट भएपनि पर्यटन प्रवद्र्धनका लागि हुने कार्यक्रमहरुमा सहयोग गर्ने नेपाल पर्यटन बोर्डको भनाइ छ ।