२०८३ असार २० गते, शनिबार ११:१६

पञ्जाब किङ्सले लखनउलाई ३७ रनले हराउँदै आइपीएल प्लेअफ सम्भावना बलियो बनायो

काठमाडौं –

इन्डियन प्रिमियर लिग (आइपीएल) २०२५ मा पञ्जाब किङ्सले लखनउ सुपर जायन्ट्सलाई ३७ रनले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ। धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा भएको खेलमा पञ्जाबले पहिले ब्याटिङ गर्दै २३६ रनको विशाल स्कोर बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै १९९ रन मात्र बनाउन सक्यो।

पञ्जाबको ब्याटिङ: प्रभसिम्रनको विस्फोटक प्रदर्शन
टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २३६ रन बनायो। ओपनर प्रभसिम्रन सिंहले ४८ बलमा ६ चौका र ७ छक्कासहित सर्वाधिक ९१ रनको विस्फोटक पारी खेले। जोश इङ्लिसले ३० रन, कप्तान श्रेयस ऐयरले ४५ रन, नेहाल बडेराले १६ रन बनाए। शशांक सिंह ३३ रन र मार्कस स्टोइनिस १५ रनमा अविजित रहे। लखनउका लागि आकाश सिंह र दिग्वेस राठीले समान २-२ विकेट लिए भने प्रिन्स यादवले १ विकेट हात पारे।

लखनउको जवाफी ब्याटिङ: बडोनीको अर्धशतक अपर्याप्त
२३७ रनको लक्ष्य पछ्याएको लखनउको ब्याटिङमा मध्यक्रमका ब्याटर आयुष बडोनीले ४० बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ७४ रन बनाए। तर, अन्य ब्याटरले साथ दिन नसक्दा टिम पराजित भयो। ओपनर एडन मक्रमले १३ रन बनाए भने मिचेल मार्च शून्यमा आउट भए। कप्तान ऋषव पन्तले १८ रन, डेविड मिलरले ११ रन र अब्दुल सामदले ४५ रन जोडे। आवेश खान १९ रन र प्रिन्स यादव १ रनमा अविजित रहे।

पञ्जाबका लागि बलिङमा अर्षदीप सिंहले ३ विकेट लिएर लखनउको ब्याटिङ ध्वस्त पारे। अज्मतुल्ला ओमराजाईले २ विकेट र मार्को जान्सन तथा युज्भेन्द्र चहलले समान १-१ विकेट लिए।

अङ्कतालिकामा पञ्जाबको उक्लाइ
यो जितसँगै पञ्जाब किङ्स अङ्कतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। ११ खेलमा ७ जित, ३ हार र १ खेलमा अङ्क बाँड्दै पञ्जाबले १५ अङ्क जोडेको छ। यता, लखनउ सुपर जायन्ट्स भने यो हारसँगै छैटौं स्थानमा झरेको छ। लिग चरणका खेलहरू सकिन नजिकिँदै गर्दा यो हारले लखनउको प्लेअफ सम्भावनामा ठूलो धक्का पुगेको छ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस