२०८२ आश्विन २१ गते, मंगलवार १७:०८

सरकारलाई वर्षमानको प्रश्न – ट्यारिफ वारले विश्वव्यापी संकटको खतरा छ, नीति तथा कार्यक्रममा समाधान खै ?

काठमाडौं –
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले ट्यारिफ वारले विश्वव्यापी आर्थिक संकट आउने खतरा बढेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्सार व्यापारसम्बन्धी युद्धले खतरा बढेको बताउनु भयो । उहाँले पश्चिमा विश्व नै उदारीकरण÷नवउदारीकरण संरक्षणवादतर्फ केन्द्रित हुँदा नेपाल सरकार भने पछि फर्कन खोजेको आरोप लगाउनु भयो । उहाँले पश्चिमा विश्व आफ्नो बजार संरक्षणतर्फ गइरहेको समेत जिकिर गर्नुभयो । पूर्वअर्थमन्त्री समेत रहनुभएका पुनले ट्यारिफ वारले निम्त्याउनसक्ने समस्याको समाधान कसरी गर्ने भन्ने विषय नीति तथा कार्यक्रममा उल्लेख नभएको धारणा राख्नुभयो । उहाँले सरकारलाई थप जिम्मेवार र प्रतिवद्ध बन्न समेत सुझाव दिनुभयो ।

उहाँले नीति तथा कार्यक्रम अध्ययन गर्दा सरकार केही कुरामा अल्मलिन र पछाडि फर्कने खोजेको धारणा राख्नुभयो ।

पोडकास्ट सुन्नुहोस