२०८२ असार १७ गते, मंगलवार २३:४६

काठमाडौँ-

इण्डोनेसियापछि विश्वको दोस्रो ठूलो पाम तेल उत्पादक देश मलेसियाको उत्पादनमा वृद्धिसँगै अप्रिलमा पाम तेलको भण्डार बढेको आधिकारिक तथ्याङ्कले देखाएको छ । मलेसियाली पाम तेल बोर्डकाअनुसार मलेसियाको पाम तेलको भण्डार मार्चदेखि अप्रिलमा १९.३७ प्रतिशतले बढेर १.८७ मिलियन टन पुगेको छ, जुन अक्टोबर २०२४ पछिको उच्चतम हो ।

देशको कच्चा पाम तेल उत्पादन पनि अप्रिलमा महिना–दर–महिना २१.५२ प्रतिशतले बढेर १.६९ मिलियन टन पुगेको छ । यसैबीच, मलेसियाको पाम तेलको निर्यात महिना–दर–महिना ९.६२ प्रतिशतले बढेर १.१ मिलियन टन पुगेको छ । यद्यपि यसको आयात महिना–दर–महिना ५२.१७ प्रतिशतले घटेर ५८ हजार २ सय ९२ टन पुगेको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस