२०८२ असार २१ गते, शनिबार २२:३४

काठमाडौँ —

धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले संघीय सरकारलाई भ्रष्टाचारविरुद्ध कडा चेतावनी दिँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अर्बौँ रुपैयाँको भ्रष्टाचारको निष्कर्षपछि मेयर राईले सरकारको भ्रष्टाचार नीतिमाथि तीखो व्यंग्य प्रहार गरेका हुन्।

सामाजिक सञ्जालमा लेख्दै मेयर राईले सरकारले विमानस्थल निर्माणमा १०-१० अर्ब भ्रष्टाचार गरेर मात्रै परियोजना अघि बढाउने नीति लिएको भन्दै धरानमा विमानस्थल नबनाउनुको कारण आफूलाई बल्ल थाहा भएको बताए। उनले आफ्नो पालिकामा भने एक रुपैयाँको भ्रष्टाचार भए पनि दोषीलाई “रेलिङमा झुण्डाएर किक बक्सिङ सिक्ने प्र्याक्टिस ब्याक्स बनाएर पिट्ने” नीति रहेको उल्लेख गरे।

“धरानमा किन एयरपोर्ट नबनाको भनेको त १०-१० अर्ब भ्रष्टाचार गरेर मात्रै बनाउने नीति रैछ! तर मेरो पालिकामा १० अर्ब त के १ रुपैयाँ मात्रै भ्रष्टाचार गरे रेलिङमा झुण्डाएर किक बक्सिङ सिक्ने प्र्याक्टिस ब्याक्स बनाएर पिना बनाउने नीति छ, अनि बनाउँछ त! कुरा बुझियो, सरकार!” मेयर राईले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस