२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५५

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान

जनकपुरधाम-

मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। मुख्यमन्त्री सरोज कुमार यादवले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संवैधानिक प्रक्रिया अगाडि बढाउँदै नयाँ सरकार गठनको पहल थालेका हुन्।

यसअघि मुख्यमन्त्री यादवले मधेश प्रदेशसभामा सम्बोधन गर्दै आफ्नो राजीनामा सार्वजनिक गरेका थिए। प्रदेशसभा सम्बोधनपछि उनले प्रदेश प्रमुख लाभसमक्ष औपचारिक राजीनामा बुझाएका थिए।

प्रदेश प्रमुख कर्णले यादवको राजीनामा स्वीकृत गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री चयन प्रक्रिया अघि बढाएका छन्। सोही अनुसार उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनसहित बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई शुक्रबार साँझ ५:०० बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।

यादवको राजीनामासँगै मधेश प्रदेशको राजनीतिक परिदृश्य फेरि एकपटक सक्रिय बनेको छ भने नयाँ सरकार कसको नेतृत्वमा बन्ने भन्ने उत्सुकता प्रदेशसभाभित्र बढेको देखिन्छ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस