२०८३ कार्तिक १३ गते, बिहीबार ११:४६

सडक छेउको खाल्डोमा पुरुषको शव फेला

सर्लाही –

सर्लाहीको बलरा नगरपालिका–१ मिर्जा हतिऔलमा सडक छेउको खाल्डोमा एक पुरुष मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार बिहान करिब ११ बजे स्थानीयले खाल्डोमा पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकको तत्काल पहिचान खुल्न नसकेको र उनी अन्दाजी ३० देखि ३५ वर्ष उमेरका रहेको प्रहरीले जनाएको छ।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए।

एक साताअघि दसैँका दिन सर्लाहीको गोडैतामा घाँटी काटिएको अवस्थामा उखुबारीमा बालिकाको शव फेला परेको थियो भने बलरामा पनि एक पुरुषको शव फेला परेको छ। 

दुवै घटनामा मृतकका परिवारले हत्या भएको दाबी गर्दै आएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस