
अरुलाई उकसाउने ,होच्याउने जस्ता गतिविधी नगर्न गृह मन्त्रालयको आग्रह
वीरगन्ज- वर्तमान सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचनको १ सय ५९ दिन मात्र बाँकी रहँदा, गृह मन्त्रालयले चुनावी प्रचार–प्रसारलाई अहिंसात्मक रूपमा सञ्चालन गर्न सबै पक्षलाई अपिल गरेको छ। गृह मन्त्रालयले शनिबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै, फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आग्रह गरेको हो। मन्त्रालयका सह-सचिव आनन्द काफ्लेले हस्ताक्षर गरेको विज्ञप्तिमा, मुलुकमा चुनावको माहोल बन्दै गएको र चुनावी गतिविधिहरू – आमसभा, कोष–सङ्कलन सभा
















