२०८२ असार १७ गते, मंगलवार १३:१३

वीरगन्ज –

वीरगन्जको नारायणी अस्पतालमा ५ सय शैय्याको भवन निमार्णका लागि दबाब दिन चिकित्सकहरु धर्ना बसेका छन् ।

आज बिहानबाट वीरगन्जको नारायणी अस्पताल भवन निर्माण संघर्ष समिति धर्नामा बसेको हो । निर्माणको लागि टेण्डर भएपनि लामो समयदेखि निर्माण कार्य शुरु नभएको हुनाले बाध्य भएर धर्ना कार्यक्रम गर्न लागिएको संघर्ष समितिका संयोजक डा. निरजकुमार सिंहले बताउनु भयो ।

उहाँकाअनुसार विगत लामो समयदेखि प्रयासरत रहँदा पनि नारायणी अस्पतालको भवन निमार्ण हुन सकेको छैन । तर नेपालका अन्य केन्द्रिय अस्पतालहरुमा ५ सय शैय्याको भवन निमार्ण भई कार्य सञ्चालन समेत भइसकेको बताउनु भयो ।

नारायणी अस्पताल, वीरगन्जको हाताभित्र ५ सय शैय्याको नविन भवन निमार्णका लागि दबाब दिन आज बिहान ११ बजे शान्तीपूर्वक धर्नामा बसी बिरोध गरेको  सिंहले बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस