२०८२ आश्विन २८ गते, मंगलवार ००:२७

सर्लाहीमा नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ

सांकेतिक तस्विर

काठमाडौं –
नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सीतामढी पुरान्दा राजवाडा–९ का २७ वर्षीय मुकेश कुमार सोनी छन् । सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ सुकनाहा बजारबाट भारतीय ५ सय दरको १ थान र १ सय दरको २९ थान नक्कली नोटसहित प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सुकनाहा बजारकै किराना पसलमा मुकेश कुमारले सामान किनपछि नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट सुकनाहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै, प्रहरीले उनले प्रयोग गरेको बीआर ३० एई ३३९९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोडकास्ट सुन्नुहोस