२०८२ भाद्र ९ गते, सोमबार १९:१५

वीरगन्ज-
हिन्दु धर्मसँग सम्बन्धित विभिन्न संघसंस्थाले यसपालिको सरस्वती पूजाको मुर्ति बिर्सजनका क्रममा फरक धर्म समुदायबाट कुनै उच्छृंखल गतिविधी भए त्यसको कडा प्रतिकार गर्ने चेतावनी दिए संगै सरोकारवालाहरु लाई यस बारे ध्यानाकर्षण गराएका छन् ।

आइतबार वीरगन्जमा विश्व हिन्दु परिषद, राष्ट्रिय जबरंग दल,हिन्दु परिषद नेपाल,इस्कोन लगायतका संघस।संस्थाहरुले पत्रकार सम्मेलन नै गरेर उक्त चेतावनी दिएका हुन् । पत्रकार सम्मेलनमा हिन्दु समाजका अगुवाहरुले सरस्वती पूजा सम्पन्न भएपछि हुने मुर्ति विसर्जनका क्रममा बाटोमा यदि कुनैपनि धर्म समुदायका व्यक्तिहरुले अवरोध गरे वा उच्छृंखल गतिविधी गरेर सम्पूर्ण हिन्दु समाजले त्यसको कडा प्रतिकार गर्ने चेतावनी दिए ।

विगतका बर्षहरुमा विशेषगरी मधेसका रौतहट,,सिराहा लगायतका जिल्लामा सरस्वती पूजाको मुति बिसर्जन गर्न नदि वा तलाउमा जाँदै गर्ने क्रममा फरक धर्म समुदायका व्यक्तिहरुले हिन्दुहरुमाथि ढुंगामुढा गर्ने,जुत्ता चप्पल प्रहार गर्ने जस्ता साम्प्रदायिक घटना गराएकाले अब यसपालि पनि कुनैपनि जिल्लामा त्यस्तो घटना दोहोरिए हिन्दु समाज कडा प्रतिकारमा उत्रिने चेतावनी उनीहरुले दिए । विशेषगरी मधेसका रौतहट,,सिराहा लगायतका जिल्लामा स्थानिय प्रहरी प्रशासन लगायत सरोकार बालाहरूले समयमै ध्यानाकर्षण गर्न समेत आग्रह गरेका छन् । विगतका बर्षहरुमा भएका त्यस्ता अप्रिय घटना यसपालि नहोस् भन्ने सन्देश दिन पत्रकार सम्मेलन गराएकोपनि उनीहरुले बताए । यदि गर्न खोजिए सम्पूर्ण हिन्दु समाज अब चुप लागेर नबस्ने तथा कानूनी उपचारका लागिपनि नजाने भन्दै उनीहरुले त्यसको सट्टा सिधै प्रतिकारमा उत्रिने चेतावनी दिए ।

विश्व हिन्दु परिषद पर्साका अध्यक्ष बृजेश मल्लिकको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा विश्व हिन्दु परिषदका रामचन्द्र बर्मा,राज राष्टिय बजरंग दलका राजेश झा ,हिन्दु परिषद नेपालका राष्ट्रिय अध्यक्ष सन्जय सर्राफ ,विश्व हिन्दु परिषदका रन्जन सिंह लगायतकाको सहभागीता थियो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस