काठमाडौ-

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एसेट्स म्यानेजमेण्ट कम्पनी स्थापनाको लागि राष्ट्र बैंकले कानून निर्माण गरिरहेको बताउनुभएको छ ।
आईतवार इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको बैंकिङ क्षेत्रका समसामयिक विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । गभर्नर अधिकारीले बैंकहरुमा देखिएको रिकभरीको समस्या समाधानको लागि पनि एसेट्स म्यानेजमेण्ट कम्पनी आवश्यक भएको भन्दै त्यसको लागि कानून आवश्यक रहेको बताउनु भयो । उहाँले बैंकको रिकभरी पनि अर्थतन्त्र स्लो डाउनसँग जोडिएको बताउनु भयो । उहाँले एसेट्स म्यानेजमेण्ट कम्पनी स्थापनासँगै बैंकहरुलाई खराब कर्जा व्यवस्थापनमा सहजता आउने उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय बैंकहरु रिकभरीमा देखिएको समस्या अर्थतन्त्रको स्लो डाउन कम हुनासाथ रिकभरीमा सुुधार हुने अपेक्षा रहेको बताउनु भयो । उहाँले बैंकहरुको एनपी लेभल सधँै माथि नजाने भन्दै क्रमशः सुधार हुँदै जाने धारणा राख्नुभयो ।
उहाँले बैंकिङ क्षेत्र रिकभरी भएसँगै बैंकहरुको नाफामा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो । उहाँले राष्ट्र बैंकको नियमन र नीतिको कारण बैंकहरुलाई सानोतिनो धक्काले नछुने अवस्था रहेको बताउनु भयो । उहाँले नेपालको बैंकिङ क्षेत्र बलियो रहेको भन्दै ग्राहकलाई बैंक प्रतिको विश्वास बढाउनको लागि बैंकहरुले काउन्सेलिङ,सहुलियत दिने काम गर्न आवश्यक रहेको बताउनु भयो । प्राविधिक रुपमा उद्योगी व्यवसायीहरुबाट कमजोरी हुने बित्तिकै बैंकहरुले कालोसूचिमा राख्न नहुने बताउनु भयो । उहाँले बैंकहरुको पनि ग्राहक वा उद्योगी बचाउनुपर्ने दायित्व रहेको बताउनु भयो । उहाँले बैंकहरुले आफ्नो काम कर्जा दिने मात्रै भनेर बुझ्न नहुने बताउनु भयो । उहाँले पछिल्लो मंसिर र पुसमा आयात निर्यात राम्रोसँग बढेको उल्लेख गर्नुभयो ।
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोईरालाले गत वर्षको तुलनामा बैंकिङ उद्योग सुरक्षित रहेको उल्लेख गर्नुभयो ।उहाँले बैंकिङ क्षेत्रमा कर्जा प्रवाहको वृद्धिदर ५ प्रतिशत देखिएको बताउनु भयो । उहाँले अहिले बैंकहरुको सिडी रेसिया ७९ प्रतिशतमा रहेको बताउनु भयो । उहाँले समग्रमा हेर्दा बैकिङ उद्योग सुरक्षित रहेको देखिएको बताउनु भयो । उहाँले बैंकिङ क्षेत्र सुरक्षित देखिए पनि बैंकहरुमा खराब कर्जा ४.५ प्रतिशत रहेको बताउनु भयो । उहाँले केही बैंकहरुको ५ प्रतिशत भन्दा माथि पुगेपनि चिन्ता लिनुपर्ने अवस्था नभएको बताउनु भयो । अध्यक्ष कोईरालाले निष्क्रिय कर्जा व्यवस्थापनको लागि बैंकहरुले सम्भावित कर्जा नोक्शानीबापत प्रोभिजन गर्ने क्षमता भएसम्म बैंकिङ उद्योग बलियो हुने बताउनु भयो ।