२०८२ श्रावण १६ गते, शुक्रबार ०६:४४

नागरिक उन्मुक्ति पार्टीले टिकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै मधेसवादी राजनीतिक दलहरुको कार्यदलसँग पहल गरिदिन आग्रह गरेको छ ।

सोमवार सिंहदरबारमा मधेसवादी ८ राजनीतिक दलहरुको बैठकमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले थरुहट आन्दोलनको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गरिदिन कार्यदलसमक्ष आग्रह गरेको बताउनु भयो । उहाँकाअनुसार बैठकमा नागरिक उन्मुक्ति पार्टीले टिकापुर घटनाका बारेमा विभिन्न कुराहरु राखेको जानकारी दिनुभयो ।

मधेसवादी ८ राजनीतिक दलहरु मिलेको मोर्चाको नामका बारेमा पनि बैठकमा छलफल भएको बताउनु भयो । समान मुद्दा बोकेका राजनीतिक दलहरुको बैठक र एक आपसमा छलफल हुनु स्वभाविक भएको बतउनु भयो । मोर्चाले विशेषतः समान मुद्दालाई संसद र सरकारसमक्ष कसरी उठाउने भन्ने बारेमा पनि छलफल गरेको बताउनु भयो । वगतमा भइ आएका घटनालाई अहिलेको राज्यले हेर्ने दृष्टिकोण र अहिलेसम्म पनि किनारा नलागेका विषयहरुमा छलफल भएको बताउनु भयो ।

उहाँले सरकारले ल्याएको समाजिक सञ्जाल सम्बन्धी अध्यादेश समग्रमा राम्रो रहेको बताउनु भयो । भूमि सम्बन्धी अध्यादेशप्रति भने पार्टीको असन्तुष्टि रहेको बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस