२०८३ कार्तिक १५ गते, शनिबार ००:४३

मङ्गोलियाको लगभग ८० प्रतिशत भूभाग हिउँले ढाकियो

काठमाडौं-

मङ्गोलियाको लगभग ८० प्रतिशत भूभाग अहिले हिउँले ढाकिएको छ ।

राष्ट्रिय मौसम विज्ञान तथा वातावरणीय अनुगमन एजेन्सीले देशको कुल भूभागको लगभग ८० प्रतिशत भाग ६० सेन्टिमिटरसम्म बाक्लो हिउँले ढाकिएको बताएको छ । गत जाडोमा देशले दशकहरूमा सबैभन्दा अत्यधिक चिसो मौसमको अनुभव ग¥यो ।

जुन १९७५ पछिको सबैभन्दा उच्च रेकर्ड हिमपात थियो । लगभग ९० प्रतिशत क्षेत्र १०० सेन्टिमिटर बाक्लो हिउँले ढाकिएको थियो । गत जाडोमा भएको गम्भीर डजुडले लाखौं पशुधनको क्षति पु¥यायो । जसले देशका गोठालाहरू र ग्रामीण अर्थतन्त्रलाई ठूलो धक्का दिएको थियो ।

मङ्गोलियन शब्द ड्जुडले एक विनाशकारी जाडोलाई वर्णन गर्दछ । जसमा जमेको वा हिउँले ढाकिएको चरण भूमिको कारणले पशुधन मर्छन् । जसले घुमन्ते गोठालाहरूको जीविकोपार्जनलाई खतरामा पार्छ ।

प्रतिक्रिया

सञ्चारगृहमा प्रहरी हस्तक्षेपप्रति प्रधानमन्त्री कार्यालयको कडा निर्देशन, पक्राउ परेका पत्रकार रिहा हुँदै

काठमाडौँ सञ्चारगृहको समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकार पक्राउ गरेको

सञ्चारगृहमा प्रहरी हस्तक्षेपप्रति प्रधानमन्त्री कार्यालयको कडा निर्देशन, पक्राउ परेका पत्रकार रिहा हुँदै

काठमाडौँ सञ्चारगृहको समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकार पक्राउ गरेको

पोडकास्ट सुन्नुहोस