२०८३ कार्तिक १४ गते, शुक्रबार २०:१८

चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव: देशभर बदली, पाँच प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौँ

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेषका साथै पश्चिमी वायुको आंशिक प्रभावका कारण हाल देशभरको मौसम बदली भई अधिकांश स्थानमा वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ ६ बजे जारी गरेको अद्यावधिक बुलेटिनअनुसार अहिले देशभरको आकाश पूर्ण रूपमा बादलले ढाकेको छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा जारी छ।

आज रातिको मौसम पूर्वानुमान

मौसम महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवम् पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदहरूले जनाएका छन्।

शनिबार अपराह्नदेखि सुधार हुने

हाल देशभर प्रभाव पारिरहेको चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नदेखि भने क्रमिक रूपमा कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारी वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया

सञ्चारगृहमा प्रहरी हस्तक्षेपप्रति प्रधानमन्त्री कार्यालयको कडा निर्देशन, पक्राउ परेका पत्रकार रिहा हुँदै

काठमाडौँ सञ्चारगृहको समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकार पक्राउ गरेको

सञ्चारगृहमा प्रहरी हस्तक्षेपप्रति प्रधानमन्त्री कार्यालयको कडा निर्देशन, पक्राउ परेका पत्रकार रिहा हुँदै

काठमाडौँ सञ्चारगृहको समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकार पक्राउ गरेको

पोडकास्ट सुन्नुहोस