काठमाडौं-
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले तत्काल प्रधानमन्त्री, मन्त्री बन्नका लागि आफूहरु राजनीतिमा नलागेको बताउनुभएको छ ।
आईतवार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नयाँ पार्टी खोलेको केही समयमै नतिजा खोज्नु गलत रहेको बताउनु भयो । उहाँले नागरिकले तत्काल नतिजा खोज्ने गरेको भएपनि त्यसका लागि धैयर्ता राख्नुपर्ने बताउनु भयो । उहाँले आफू तत्काल प्रधानमन्त्री बन्न, मन्त्री बन्नका लागि नभइ विचार स्थापित गरेर देशलाई निकास दिन राजनीतिमा आएको बताउनु भयो ।

अध्यक्ष राउतले पुराना राजनीतिक दलहरुबाट सिकेर नयाँ पार्टी अघि बढ्नुपर्ने बताउनु भयो । पुराना राजनीतिक दलहरु पनि रातारात नआएको बताउनु भयो ।