२०८२ असार १७ गते, मंगलवार ०७:०२

वीरगन्ज-

वीरगन्ज महानगरपालिका वडा नं. १४ स्थित गण्डक चोकमा तीनवटा मालबाहक ट्रकमा बिलबिजकभन्दा बढी सामान भेटिएपछि पर्सा  प्रहरीले नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा शनिबार  बिहान ६: ३० बजे बा.१ ख ९९०९, ना.६ ख ५४९१ र ना.६ ख ६३९७ नम्बरको मालबाहक ट्रकहरूमा साइन्टिफिक क्याल्कुलेटर र हेयर ट्रिमर लोड गरी वीरगञ्जबाट काठमाण्डौतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले ती ट्रकहरूलाई शंका लागि जाँच गरेको थियो।

जाँचको क्रममा ट्रकहरूमा बिलबिजकभन्दा बढी सामान रहेको पाइएकोले प्रहरीले सामानसहित ट्रकहरू नियन्त्रणमा लिएको छ। बरामद भएको सामानको अनुमानित मूल्य १ करोड ९५ लाख ४९२ रुपैयाँ रहेको छ।

नियन्त्रणमा लिएको साइन्टिफिक क्याल्कुलेटर र हेयर ट्रिमर आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीलेजनाएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस