२०८२ असार १६ गते, सोमबार २२:५८

पर्सा-

कालीकामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरी तीन महिनादेखि कार्यालयमा अनुपस्थित रहेको भन्दै उपप्रमुखसहितको टोलीले पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

कालीकामाई गाउँपालिकाका उपप्रमुख राजमती बरैनीको नेतृत्वमा स्थानीय नेता, कार्यकर्ता र सर्वसाधारणको टोलीले सोमबार प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा प्रमुख प्रशासकीय अधिकृत गिरीले आफ्नो कार्यभार सम्हालेदेखि हालसम्म एक दिनबाहेक कार्यालयमा उपस्थित नभएकोले कार्यालयको काम कारबाहीमा गम्भीर असर परेको उल्लेख छ ।

प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिका कारण स्थानीय जनताले पाउने सेवा समेत अवरुद्ध भएको र यसबाट आम नागरिक पीडित भएको उपप्रमुख बरैनीले बताइन् । उनले अधिकृत गिरीलाई तत्काल आफ्नो आचरण सुधार गरी पालिकामा हाजिर हुन आग्रह गर्दै अन्यथा ठुलो दुर्घटना हुन सक्ने चेतावनीसमेत दिइन् ।

ज्ञापन पत्र बुझाउने क्रममा तरुण दलका क्षेत्र नम्बर ४ का सभापति राज चौरसियाले अधिकृत गिरीको अनुपस्थितिले पालिकाको कामकाज ठप्प भएको र जनता मारमा परेको बताए । उनले प्रमुख जिल्ला अधिकारीलाई घटनाको गम्भीरता बुझेर तत्काल समस्या समाधान गर्न आग्रह गरे ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा पर्सा क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका मेयर उम्मेदवार अजय कुमार पटेल, महाधिवेशन प्रतिनिधि पञ्चानन्द मिश्रलगायत नेता कार्यकर्ता तथा स्थानीयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस