२०८२ असार १७ गते, मंगलवार ००:४२

काठमाडौँ –  

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदबाट हुबहु फिर्ता गरिनुपर्ने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले जनताको बोल्न पाउने अधिकार कुण्ठित गर्न नपाउने बताउनु भयो । उहाँले सरकारले जबरजस्ति गर्न खोजे सडक र सदन दुवै ठाउँबाट विरोध गर्ने चेतावनी दिनुभयो । उहाँले सामाजि सञ्जालमार्फत हुने अपराध न्युनिकरणका लागि साइबर क्राइमजस्ता कानूनहरु विद्यमान रहेको उल्लेख गर्दै यो विधेयक पेश गर्नुको कुनै तुक नरहेको बताउनु भयो

उहाँले सरकारले गरेका नराम्रा कामको आलोचना गर्दैमा कारबाही स्वीकार्य नहुने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस