काठमाडौँ –
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले संविधान संशोधनका एजेण्डामा सबै दलहरुसँग सहमतिको प्रयास गरिने बताउनुभएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुई दलीय कार्यदललले संविधान संशोधनका एजेण्डा तय गर्ने बताउनु भयो । उहाँले कार्यदलले तय गरेका एजेण्डाहरुमा संसदमा रहेका सबै पार्टीहरुलाई सहमत हुनेगरी अगाडि बढाइने बताउनु भयो । संविधान निर्माणमा महत्वपूर्ण भुमिका खेलेका सबै दलहरुसँग छलफल र सहमति गरेरमात्र संविधान संशोधन गरिने बताउनु भयो । उहाँले काँगेस र एमाले संविधानको रक्षा गर्दै संशोधनयोग्य कुरामा सुधार गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।

उहाँले जसपा, नेपाललले अध्यादेशको समर्थन गर्नेमा आफू विश्वस्त रहेको समेत बताउनु भयो । केही दिनमै अध्यादेशहरु संसदबाट बहुमतले पास हुने उहाँको दाबी छ ।