२०८२ असार १६ गते, सोमबार २०:३१

धनगढी, कैलाली

धनगढीको ट्राफिक चौराहमा गए राति ड्यूटीमा खटिएका प्रहरीमाथि एक युवकले चक्कु प्रहारको प्रयास गरेका छन्। घटना राति करिब सवा ८ बजेतिर भएको हो।

“हरहर महादेव” भन्दै हातमा चक्कु लिएर सडकमा हिँडिरहेका युवकलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा आक्रमणको प्रयास भएको थियो। सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा युवकले प्रहरीलाई चक्कु प्रहार गर्न खोजेको स्पष्ट देखिन्छ।

प्रहरी स्रोतका अनुसार, चक्कु प्रहार गर्न खोज्ने युवकलाई गए राति नै पक्राउ गरिएको छ। पक्राउ पर्ने युवकको नाम टेकबहादुर टमटा हो र उनी धनगढी उपमहानगरपालिका-१४ का बासिन्दा हुन्। टमटालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

यद्यपि, प्रहरीले घटनाबारे औपचारिक रुपमा कुनै जानकारी दिएको छैन। घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस