काठमाडौं-
भन्सार एजेण्ट नियुक्तिको प्रावधानलाई थप प्रभावकारी बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
बुधवार बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले सांसदहरुले सरकारले परीक्षाको व्यवस्थित प्रणालीमार्फत भन्सार एजेण्टहरु नियुक्त गर्ने गरेको तर त्यसको प्रतिफल के हुन्छ सरकारलाई भन्ने बारेमा स्पष्ट नरहेको उनीहरुले बताए । उनीहरुले भन्सार एजेण्डटबाट नेपालको राजश्वमा के फाइदा हुन्छ भन्ने सांसदहरुको प्रश्न छ ।

भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरुसँगको छलफलमा समितिको बैठकमा बोल्दै नेकपा एमाले सचेतक सुनिता बरालले परीक्षाको व्यवस्थित प्रणालीमार्फत भन्सार एजेण्टहरु नियुक्त गर्ने प्रावधान रहेको भएपनि यसलाई अझ व्यवस्थित गर्नुपर्ने माग गर्नुभयो । उहाँले लाइसेन्स प्राप्त भन्सार एजेण्टहरुलाई काम कारबाहीमा परेका अफ्ठ्याराहरुलाई पनि विधेयकले समेट्नुपर्ने बताउनु भयो । भौगोलिक कारणले नेपालकै एउटा स्थानबाट अर्को स्थानमा जाँदा विदेशी मुलुक हुँदै जानुपर्ने अवस्थामा नेपालबाट नेपालकै लागि लगिएको वस्तुमा महशुल लिइने छैन भनेर विधेयकमा लेख्नुपर्ने बताउनु भयो ।
समितिको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भन्सारहरु प्रविधिसँग भन्सारका कर्मचारीहरु अपडेट भइरहनुपर्ने बताउनु भयो । उहाँले ५ वर्षमा सोच्नेकुरा गरेर भन्सार अघि बढ्न नसक्ने बताउनु भयो । उहाँले भन्सारका प्रविधिबारे हरेक वर्ष रिभ्यु गर्नुपर्ने र कर्मचारीको क्षमता अभवृद्धिमा जोड दिनुपर्ने बताउनु भयो ।
बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सिंहदरबारमा बसेर सोचेको भन्दा भन्सारमा पुगेर हेर्दा विषयवस्तुहरु फरक हुने गरेको बताउनु भयो । उहाँले समिति कानून बनाउन सबैभन्दा अधिकार सम्पन्न ठाउँ भएकाले सोहीअनुसारको समस्या समाधान हुनेगरी कानून बनाउनुपर्नेमा जोड दिनुभयो । भन्सारमा भएका बेथितिका कुराहरु अन्त्य गर्न विधेयक ल्याउनुपर्ने बताउनु भयो ।