२०८२ असार १६ गते, सोमबार २३:१६

बारा-

ईलाका प्रहरी कार्यालय अमलेखगंजको टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. २१ अमलेखगंजबाट ४ किलो प्रतिबन्धित लागू औषध अफिम र ७ किलो गाँजा सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–३ नाङगी टोलका २९ वर्षीय सुन बहादुर थिङ र निजगढ नगरपालिका–१३ डमरपुरका २२ वर्षीय संजय मोत्तान रहेका छन्।

प्रहरीले हेटौडाबाट वीरगन्ज तर्फ आउँदै गरेको प्र.३–०२–००७ प ८२३९ नम्बरको २२० सि.सि.को पल्सर मोटरसाइकल रोकी चेक गर्दा लेगार्डमा प्लाष्टिकको झोलामा झुन्ड्याई र सिट मुनी लुकाएर ल्याएको अफिम बरामद गरेको हो। यसका साथै प्रहरीले उनीहरूको साथबाट ७ किलो गाँजा र नगद २० हजार पनि बरामद गरेको छ।

पक्राउ परेका दुवै व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय सिमरामा हिरासतमा राखिएको छ भने अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो। यस सम्बन्धमा थप अनुसन्धान जारी छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस