२०८२ आश्विन २० गते, सोमबार १५:०७

बबरमहल क्षेत्रमा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत शुरु

काठमाडौं-

काठमाडौंको बबरमहलमा बुधवार दिउँसो विद्युत प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मतको काम शुरु भएको छ ।

बुधवारबाट नै काम शुरु गरेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । उक्त पाइप फुट्दा बुधवार दिउँसो बबरमहल क्षेत्र डुबानमा परेको थियो । प्राधिकरणले ड्रिलिङको काम गर्दा पाइप फुटेको थियो । पाइप फुटेपछि करिब ४ घण्टासम्म पानी बग्दा बबरमहल क्षेत्र नै डुबानमा परेको थियो ।

पोडकास्ट सुन्नुहोस