वीरगन्ज-
बाराको कलैया उपमहानगरपालिका कलैया–९ रामपुर टोलका ३४ वर्षिय प्रदीपप्रसाद मण्डलको सुधार गृहमा मृत्यु भएको छ । कलैया उपमहानगरपालिकाको वडा नम्बर १ बैँकरोडमा रहेको ‘नवजन्म सुधार केन्द्र’मा उनको मृत्यु भएको हो ।
मृतक प्रदीपको अनुहार तथा शरिरका भागहरुका कुटपिटको डाम देखिएका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक एवम् निमित्त सूचना अधिकारी बलराम क्षेत्रीले बताए । क्षेत्रीका अनुसार प्रदीपको शुक्रवार बिहान मृत्यु भएको हो । सुधार केन्द्रबाट अस्पताल पु¥याएलगत्तै उनलाई चिकित्सकले मृत घोषण गरेको प्रहरीले जनाएको छ ।

सुधार केन्द्रले यातना तथा कुटपिट गरेपछि उनको मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् । उनका परिवारले बारा प्रहरीमा जाहेरी दिदैँ घटनाको छानबिनका लागि माग गरेका छन् ।
प्रहरीले अनुसन्धानकोलागि सुधारगृहका संचालक सहित सुधारकेन्द्रमा रहेका युवाहरुलाई नियन्त्रणमा लिएर अनुसधन्धान शुरु गरेको छ ।