२०८२ भाद्र १ गते, आईतवार १६:४१

भारतको दिल्लीमा बिहानै भूकम्प गएको छ ।

सोमबार बिहान ५ बजेर ३६ मिनेटमा दिल्ली–एनसीआरमा ४.० म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको शक्तिशाली झट्का महसुस भएपछि स्थानीय घर बाहिर निस्किएका थिए । भूकम्पको केन्द्र दिल्लीको जमिनबाट ५ किलोमिटर गहिराइमा रहेको थियो ।

दिल्ली प्रहरीले आपतकालीन अवस्थामा खबर गर्न भनेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस