काठमाडौं-
सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेको हो ।
आइतबार १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ १५ रुपैयाँले बढेको छ ।हिजो १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।