काठमाडौं-
देशभर २० हजार भन्दा बढी अनुचित लेनदेनका उजुरी रहेको गृह मन्त्रालयले जनाएको छ ।
सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यसबारेमा जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले २० हजार भन्दा बढी अनुचित लेनदेनका उजुरीहरु अहिले पनि रहेको बताउनु भयो । उहाँले उजुरीहरुलाई फस्र्यौट गर्ने कुरामा मन्त्रायले तिब्रताका साथ कम गरिरहेको बताउनु भयो । त्यस्तै सहकारी ठगीका मुद्दा आ.व.०८१÷०८२ को माघ २४ गतेसम्म ४८ वटा दर्ता भएको बताउनु भयो । उहाँले ४३ जना पक्राउ पर्नुका साथै ५ अर्ब भन्दा बढीको बिगो रकम माग दाबी गरिएको बताउनु भयो । सहकारी सम्बन्धि मुद्दामा ३५० जना मानिस फरार रहेको बताउनु भयो । मन्त्रालयले बेरुजु फस्र्यौटलाई शुन्य बनाउन काम गरिरहेको बताउनु भयो ।

उहाँले सडक दुर्घटना, आत्महत्या, लागुऔषध दुव्र्यसन, साइबर अपराधका घटनाहरु अत्याधिक बढेको र सरकारले नियन्त्रणका लागि काम गरिरहेको बताउनु भयो ।