२०८२ असार १७ गते, मंगलवार ०४:०१

काठमाडौं-

 म्यानमारले चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सुखद सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले पराजित गरेको हो।

म्यानमारको जितमा कप्तान विन थिङ्गे टुन, श्वे वि टुन र सान थउ थउले समान एक गोल गरे। एक गोलले पछाडि रहेको अवस्थामा लेबनानका लागि लिला इस्कान्डारले बराबरी गोल फर्काएकी थिइन्।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थिएको खेलमा ५६औं मिनेटमा म्यानमारले सुरुआती अग्रता लियो।

जितसँगै लेबनानले तीन अंक जोडेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस