२०८२ असार १७ गते, मंगलवार ०१:०३

काठमाडौं—
गृहमन्त्री रमेश लेखकले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिट्युट अफ टेक्नोलोजीमा भएको घटनामा छात्रावासबाट निकालिएका विद्यार्थीकोको पढाई र सुरक्षाको सुनिश्चितता भइसकेको दाबी गर्नुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली दुतावासले आग्रह गरेसँगै उक्त विश्वविद्यालयको छात्रावासले विद्यार्थीलाई फर्कन आग्रह गरेको  उल्लेख गर्नुभयो । उहाँले नेपाली विद्यार्थीको सुरक्षाका लागि सरकार गम्भिर रहेको समेत बताउनु भयो ।

उहाँले नेपाली विद्यार्थी प्रकृति लम्सालको आत्महत्या घटनाको सत्यतथ्य छानविन गर्न समेत भारत सरकारलाई आग्रह गरेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस