२०८२ असार १७ गते, मंगलवार ०७:३८

काठमाडौँ-

राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले ओडिशा घटनाले विदेशी भूमिमा नेपालीको स्वाभिमानमाथि धावा बोलिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली विद्यार्थी प्रकृति लम्सालको न्यायको लागि नेपाली विद्यार्थीले आन्दोलन गर्दा अनुसन्धान गर्नुको साटो उल्टै उनीहरुलाई कलेज र होस्टेलबाट निकाएलिएको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले प्रकृति लम्सालले आफूमाथि दुव्र्यवहार भइरहेको रिपोर्ट गरेको भएपनि विश्वविद्यालय प्रसाशनले बेवास्ता गर्दा यस्तो घटना भएको बताउनु भयो । उहाँले उक्त घटनाम संलग्न अपरधीलाई उम्किने छुट नदिन सरकारको ध्यानाकर्षण गराउनु भो ।

उहाँलेले नेपाली विद्यार्थीमाथि भएको ज्यादतिमा पहल गर्न समेत सरकारसँग माग गर्नुभयो ।
सांसद मदनकुमारी शाह गरिमाले ओडिसा घटनाले नेपालको मन अपमानको आगोमा जलिरहेको बताउनु भयो । उहाँले ओडिसा घटनामा नेपालले एउटा सुन्दर सपना देखेको सक्षम युवा गुमाएको बताउनु भयो । विश्वविद्यालयले घटनाको छानविन गर्नुको सट्टा आफ्नो इज्जत जोगाउन विज्ञप्ति निकालेको भन्दै आपत्ति जनाउनु भयो । यस घटनाको सत्यतथ्य छानविन गर्न कुटनीतिक पहलका लागि नेपाल सरकारको ध्यानार्काण गराउनु भयो ।
बैठकमा बोल्ने अधिकांश सांसदहरुले ओडिसा घटनाको सत्यतथ्य छानविन गरी घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । विटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी  छात्रा प्रकृति लम्सालको शंकास्पद ‘मृत्यु’ पश्चात विरोध गर्ने नेपाली विद्यार्थीलाई रातारात निकाल्ने र दुव्र्यवहार गर्ने सुरक्षा अधिकारीलाई कारबाही गरिएको केआईआईटीका रजिष्ट्रारले जनाएका छन् ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस