काठमाडौँ –
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालसम्बन्धी विधेयकको मस्यौदा लेख्ने राजनीतिक दलहरु नै त्यसको बिरोधमा उत्रिएको टिप्पणी गर्नुभएको छ ।
वरोध गर्ने पार्टीहरुले नै सामाजिक सञ्जाल सम्बन्धी विधेयकको मस्यौदा तयार पारेको बताउनुभएको हो । शुक्रवार ‘राजेशकाजी श्रेष्ठः व्यक्तित्व र योगदान’ नामक पुस्तक विमोचन समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै हिजो टिकटक बन्द गर्नेहरु नै अहिले बोल्न पाउनुपर्छ भनेर उफ्रिने गरेको बताउनु भयो । उहाँले अध्यक्ष दाहाललाई त्यतिबेला टिकटक किन बन्द गरेको ? भन्दै प्रश्न समेत गर्नुभयो ।

उहाँले व्यवस्थामा मात्र नभई जनताको अवस्थामा समेत परिवर्तन आएको बताउनु भयो । उहाँले ७७ वटै जिल्लाका सदरमुकामहरुमा मोटर बाटो पु¥याएको दाबी गर्नुभयो ।