२०८२ असार १७ गते, मंगलवार १२:२५

वीरगन्ज-

फागुन ३ गते अलपत्र अवस्थामा प्रहरीद्वारा फेला पारिएकी १० वर्षीया बालिकालाई “सानो पाइला” (A Little Step) संस्थाको सहयोगमा उनको परिवारसँग मिलाइएको छ। बालिकालाई फागुन ४ गतेदेखि सानो घरको आश्रयमा राखिएको थियो। रौतहट जिल्लाकी यी बालिकालाई उनको परिवार बस्ने गुिरा नगरपालिकामा लगेर परिवारसँग मिलाइएको हो।

गुिरा नगरपालिकाका निर्वाचित प्रतिनिधिहरू र सरकारी अधिकारीहरूको रोहबरमा बालिकालाई उनको बुबाको हेरविचारमा सुम्पिएको छ। बोल्न नसक्ने यी बालिकालाई परिवारसँग मिलाउँदा गुिरा नगरपालिकाका प्रमुख महिलाले उनको संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

फागुन ३ गते बारा मिल्लामा अलपत्र अवस्थामा प्रहरीद्वारा फेला पारिएकी यी बालिकालाई माइती नेपालको सहयोगमा नारायणी अस्पताल पुर्याइएको थियो। त्यहाँबाट संरक्षणका लागि सानो घरमा लगिएको थियो। नारायणी अस्पतालमा ओसीएमसी (One Stop Crisis Management Centre) मार्फत बालिकाको हेरविचार गरिएको थियो। उनी एक हात पंगु भएको अवस्थामा थिइन्।

सानो पाइला संस्थाका प्रतिनिधिहरूले बालिकालाई उद्धार गरेको र उद्धारपछिका दिनहरूमा उनी मनकै अत्तिएको र डराएको अवस्थामा रहेको बताए। परिवारसँग मिलापछि बालिका खुशी र डरमुक्त भएकी छिन्।

यस घटनाले बालबालिकाहरूको उद्धार र संरक्षणका क्षेत्रमा संघ-संस्थाहरूको गैरजिम्मेवारीपनको पनि पर्दाफास गरेको छ। बालबालिकाहरूको संरक्षणका लागि जिम्मेवार संघ-संस्थाहरूले आवश्यक कदम चाल्न नसकेको आरोप लागेको छ। सरोकारवाला संघ-संस्थालाई जिम्मेवार र जवाफदेही बनाउने आवश्यकता रहेको छ।

बालिकालाई आश्रय दिने क्रममा सानो पाइला संस्थाले गम्भीर जिम्मेवारी महसुस गरेको बताएको छ। तर, बाल हेल्पलाइन १०९८ ले देखाएको व्यवहारले संस्थालाई पीडा पुर्याएको छ। प्रहरीले बालिकालाई नारायणी अस्पताल पुर्याएपछि बाल हेल्पलाइनमा सम्पर्क गरिएको थियो, तर त्यहाँबाट कुनै सुनुवाइ नभएपछि बालिकालाई सानो घरमा लगिएको थियो।

बालबालिकाहरूको २४ घण्टे सुरक्षा कवचको रूपमा रहेको बाल हेल्पलाइन १०९८ ले यस घटनामा आवश्यक भूमिका खेल्न नसकेको आरोप लागेको छ। बालबालिका सम्बन्धी ऐन अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बाल हेल्पलाइन १०९८ संचालन गरेको छ।

यस घटनाले बालबालिकाहरूको संरक्षणका लागि संघ-संस्थाहरू र सरकारी निकायहरूबीच समन्वय र जवाफदेहिता बढाउन आवश्यक रहेको देखाएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस