२०८२ असार १७ गते, मंगलवार ०७:११

जनकपुर-

स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्ने उद्देश्यले जनकपुरधाममा चिकित्सकहरूको राष्ट्रिय सम्मेलन सुरु भएको छ । विशेषज्ञ चिकित्सकहरूको छाता संगठन सिमोन (SIMON) द्वारा आयोजित यो सम्मेलन शनिबारबाट सुरु भई आइतबार समापन हुनेछ । सम्मेलनको उद्घाटन वरिष्ठ चिकित्सक डा. अशोकानन्द मिश्रले गरेका हुन् ।

यो सम्मेलन सिमोनको आयोजनामा र मधेश प्रदेश च्याप्टरको स्थानीय सहयोगमा आयोजना गरिएको हो । सम्मेलनले चिकित्सकहरूको ज्ञान र क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेको छ । सम्मेलनमा देशभरका ४०० भन्दा बढी विशेषज्ञ चिकित्सकहरू सहभागी भएका छन् ।

सम्मेलनमा ५० वटा कार्यपत्र र १५ वटा शोधपत्र प्रस्तुत हुनेछ । सिमोन मधेश प्रदेश च्याप्टरका सचिव रमण मिश्रका अनुसार, यस सम्मेलनमा नेपालभरिका चिकित्सकहरूले तयार पारेका शोधपत्र र नयाँ अनुसन्धानहरूको प्रस्तुतीकरण हुनेछ । यसले चिकित्सकहरूको ज्ञानमा अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

सम्मेलनमा स्वास्थ्य सेवाका विभिन्न पक्षहरूमा छलफल गरिनेछ भने चिकित्सा क्षेत्रमा देखिएका चुनौतीहरूको समाधानका लागि रणनीतिहरू पनि छलफल हुनेछ । यसले नेपालको स्वास्थ्य क्षेत्रमा नयाँ दिशा दिने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस