२०८२ असार १७ गते, मंगलवार ०३:०६

वीरगन्ज-

जिल्ला पर्सा । सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलीले स्रोत नखुलेको ठूलो मात्रामा नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पछि उक्त व्यक्तिलाई वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

पक्राउ पर्ने भारतीय नागरिक कन्हैया कुमार गुप्ता  भारतको पूर्वी चम्पारण, रक्सौलका बासिन्दा हुन् । उनी बि.आर ०५ ए.बि.६६९४ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलमा सवार भई भारतबाट नेपाल प्रवेश गर्दै गरेका बेला वीरगन्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेट अगाडि चेकजाँच गरिएको थियो । चेकजाँचका क्रममा उनको शरीरका विभिन्न भागमा लुकाइएको स्रोत नखुलेको नेपाली मुद्रा फेला परेको थियो ।

बरामद गरिएको नगद र सवारीसाधनको कूल मूल्य रु. ५ लाख पुगेको सुरक्षा स्रोतले जनाएको छ । पक्राउ परेका गुप्तालाई अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

यस घटनाले सीमा क्षेत्रमा हालै बढ्दो गैरकानुनी क्रियाकलापको संकेत दिएको छ । सुरक्षा निकायले सीमा क्षेत्रमा कडा निगरानी बढाएको छ भने यस्ता गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरू विरुद्ध कारबाही अघि बढाउने बताएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस