२०८२ असार १७ गते, मंगलवार ०७:१७

काठमाडौं—

नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले वर्किङ क्यालेण्डर बनाएर समितिको बैठक सञ्चालन गर्न माग गर्नुभएको छ ।

आईतवार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर छलफलमा सहभागी हुँदै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले १५ दिनमा समितिका दुई वटा बैठक बस्ने र पनि समयमै बस्न नसकेकोप्रति आपत्ति जनाउनु भयो । १५ दिन आफूले जिल्लाका सबै कार्यक्रमहरु रोकेर विधेयकलाई टुंगो लगाउन बसेको भएपनि समितिको बैठक दुई पटक मात्रै बसेको बताउनु भयो । यसैगरी समितिका बैठक बोलाउने भए समय दिन नसक्ने उहाँको भनाइ छ । दफावार छलफललाई कति दिनभित्र सक्ने भन्ने विषयलाई लिएर क्यालेण्डर बनाउन माग गर्नुभयो ।

उहाँले बैठक बोलाएको समय भन्दा एक घण्टा ढिलो बस्ने गरेको भन्दै आगामी बैठकमा पनि यस्तै गर्ने भए दुई घण्टा पछि आउने घोषणा गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस