२०८२ असार १७ गते, मंगलवार ०३:०७

काठमाडौं— 

नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सरकारको अकर्मण्यताको कारण नेपाल सम्पती शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा परेको आरोप लगाउनुभएको छ ।

आईतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सापकोटाले सरकारको अकर्मण्यता, वित्तिय क्षेत्रमा सुधार गर्ने अठोटको अभाव र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको बताउनु भयो । उहाँले सम्पती शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा परेकोप्रति खेद र निन्दा व्यक्त गर्नुभयो । उहाँले यस घटनाले सरकार सुशासनको पक्षमा नभएको र असफल भएको संकेतका रुपमा लिएको समेत बताउनु भयो ।

उहाँले यस घटनाले सिंगो देशको मान र इज्जत नरहेको कारण संसदले गम्भिरताका साथ लिनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस