२०८२ आश्विन २० गते, सोमबार १८:२५

संवैधानिक व्यवस्थाअनुसार नै ताप्लेजुङमा केबलकार निर्माणको जिम्मेवारी निजी संस्थालाई दिइएको होः सांसद योगेश भट्टराई

काठमाडौं— 
नेकपा (एमाले)का सांसद योगश भट्टराईले संवैधानिक व्यवस्थाअनुसार नै ताप्लेजुङ मा कबलकार निर्माणको काम अगाडि बढेको दाबी गर्नुभएको छ ।

आईतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै केबलकार निर्माणको जिम्मेवारी नीजि संस्थालाई दिएको दाबी गर्नुभएको हो । उहाँले विकास निर्माणको विरोध गर्ने अधिकार सबैलाई भएपनि त्यसको सिमामा रहेर विरोध गर्नुपर्ने बताउनु भयो । उहाँले केबलकार विरोधी समूहले शनिवार राति मसाल जुलुस गर्ने क्रममा स्थानीयको घरमा आगोको मुस्लो फाल्ने काम गरेको समेत आरोप लगाउनु भयो । उहाँले केबलकार निर्माणको विषयमा धर्म र संस्कृतिमाथि व्यक्तिको निजी स्वार्थ प्रयोग गरिएको बताउनु भयो । उहाँले विकास निर्माण र धर्मसंस्कृतिमाथि राजनीति प्रवेश गराउँदा त्यसले डरलाग्दो रुप लिने समेत बताउनु भयो ।

उहाँले नेपालजस्तो लोकतान्त्रिक मुलुकमा यस्तो परिस्थिति निर्माण हुनु आफैँमा दुःखद् भएको भन्दै वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताउनु भयो ।

पोडकास्ट सुन्नुहोस