काठमाडौं—
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले ३५ वर्षयताका भ्रष्टाचारका काण्डहरुको छानविन गरि मुलुकमा सुशासन कायम गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद कार्कीले यस्तो बताउनुभएको हो । उहाँले देशले एकपछि अर्को कठोर र लज्जास्पद झट्काहरुको सामना गरिरहेको उल्लेख गर्नुभयो । सरकारसँग विप्द व्यवस्थापनको लागि ठोस योजना नभएको आरोप लगाउनु भयो । उहाँले सरकारले रामराज्य देखावा नगरी कमसेकम पासमार्क आउने गरी काम गर्नुपर्ने बताउनु भयो । उहाँले मुलुकको विकासका लागि राजनीतिक संस्कार सुधार्न जरुरी रहेको बताउनु भयो ।

उहाँले अन्तर्राष्ट्रिय सहयोग नभनेर ठगीको आरोप लागेर ३९ मिलियन अमेरिकी डलर बराबरको युएस एड रोकिएको भन्दै दुःख व्यक्त गर्नुभयो ।