२०८२ असार १७ गते, मंगलवार ०७:३४

काठमाडौं— 

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले संसदमाथि सरकार हाबी भइरहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले अध्यादेश जारी गरेर संविधानद्वारा प्रदत्त विधायिकाको अधिकारमाथि हस्तक्षेप गरेको बताउनु भयो । विधायिकाको अधिकार र प्रभावकारितामा अध्यादेश ल्याएर सरकारले अनुचित हस्तक्षेप गरेको उहाँको आरोप छ । सरकारले आफ्नो राजनीतिक उद्देश्य प्राप्तिको लागि अध्यादेशलाई अस्त्र बनाएको बताउनु भयो । सरकारले संसदको भm्याल ढोका बन्द गरेर अध्यादेशमार्फत शासन चलाइ बहुमतको आडमा स्वेच्छाचारी, निरंकुश, अधिनायकवादी कदम चालेको बताउनु भयो ।

उहाँले लोकतन्त्र विधिको शासन भएकाले कानून संसदले बनाउने र कार्यान्वयन सरकारले गर्ने भएपनि सरकारले नै कानून बनाउन थालेको बताउनु भयो । सरकारले कानून बनाए संसदले के काम गर्ने ? भन्दै प्रश्न गर्नुभयो । अध्यादेशहरु भूमाफिया, विचौलियाहरुको पक्षमा रहेको बताउनु भाये । भूमि सम्बन्धी अध्यादेश अर्को कुनै गिरिबन्धुको लागि आएको हुनसक्ने आरोप लगाउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस