२०८२ असार १७ गते, मंगलवार ०७:२९

काठमाडौं— 

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले पुनः राजा बन्ने चाहना परित्याग गरेर प्रजातान्त्रिक राजनीतिक गरी प्रधानमन्त्री बन्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिनुभएको छ ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक पार्टीका नेताहरुले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले मलाई राजा बनाउ भन्नु उचित नहुने बताउनु भयो । उहाँले पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराइ २०८४ मा हुने निर्वाचनमा भाग लिन सुझाव दिनुभयो । निर्वाचित भइ संसदबाट प्रधानमन्त्री बनेर नेपालको चौतर्फी विकास र समृद्धि कायम गर्न आग्रह गर्नुभयो ।

उहाँले राजा महेन्द्रलाई चितवनको दियालो बंगलामा हत्या गर्ने पनि राज परिवारकै व्यक्ति भएको र राजा वीरेन्द्रको वंश विनाश गर्ने पनि राजपरिवारकै सदस्यहरु भएको आरोप लगाउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस