२०८२ असार १६ गते, सोमबार २२:०२

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले मन्त्री पौडेलले स्वास्थ्य बीमाको सीमालाई पाँच लाख पु¥याउँछु भनेर महत्वकांक्षी सपना बाढेर अहिले बजेट अभाव देखाएर पन्छिन खाजेको आरोप लगाउनु भयो । उहाँले कार्यक्रम चलेको बेलामा जस लिन खोजेको भन्दै मन्त्री पौडेललाई परिवार र मन्त्रालयबाटै स्वास्थ्य बिमा कार्यक्रम अनिवार्य गर्न सुझाव दिनुभयो ।

उहाँले स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस