पर्सा —
पोखरीया नगरपालिका वडा नं ८ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आज कक्षा ८ र ९ का ४३ जना विद्यार्थीहरूलाई चिनियाँ साइकल वितरण गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ८ का अध्यक्ष किशोरी साह तेलीको अध्यक्षतामा यो कार्यक्रम सम्पन्न भएको हो।
विद्यालयका प्रधानाध्यापक लालबाबु प्रसाद चौहानले जानकारी दिदै कक्षा ८ का ६३ र कक्षा ९ का ५८ जना विद्यार्थीमध्ये ४३ जनालाई साइकल उपलब्ध गराइएको बताए। उनले यो अभियानले ग्रामीण क्षेत्रका विद्यार्थीहरूको शैक्षिक पहुँच बढाउने अपेक्षा गरे।

कार्यक्रममा वडा अध्यक्ष तेलीले शिक्षाको महत्व र सुविधा बढाउन स्थानीय निकायले गरेका प्रयासहरू बारे व्याख्या गरे। यसैसँगै, देवेन्द्र गुप्ता, हिरालाल मुखिया, इर्फान खातुन, राकेश साह लगायत स्थानीय नेतृत्व र अभिभावकहरूको उपस्थिति रहेको थियो।