२०८३ जेष्ठ १६ गते, शनिबार २०:१४

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बिर्ता वीरगन्जद्वारा शिव सन्देश शान्ति पद यात्रा सम्पन्न

वीरगन्ज-

मंगलबार ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बिर्ता वीरगन्जद्वारा आयोजित शिव सन्देश शान्ति पद यात्रा सफलतापूर्वक सम्पन्न भएको छ। यस यात्राको मुख्य उद्देश्य वीरगन्ज लगायत सम्पूर्ण राष्ट्रमा शान्ति, सद्भाव र एकता कायम गर्नु रहेको छ।

यात्रा बिर्ताको ॐ शान्ति भवनबाट शुरू भई घन्टाघर हुँदै मुर्ली लगायत वीरगन्जका विभिन्न स्थानहरूमा नगर परिक्रमा गरी छपकैया स्थित विश्व दर्शन भवन सेवा केन्द्र पुगेर सम्पन्न भएको हो। यस कार्यक्रमको मुख्य अतिथि उद्योग बाणिज्य संघ वीरगन्जका अध्यक्ष अनिल अग्रवाल र विशिष्ट अतिथि वडा नं. ४ का वडा अध्यक्ष जगत साह कानुको उपस्थिति रहेको थियो।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगन्जका प्रतिनिधि बिके गोकुल गुबाजुले यो यात्रा भगवान शिवको ८९औं त्रिमूर्ति शिव जयन्तीको अवसरमा आयोजना गरिएको बताए। उनले भने, “शंकर, पार्वती र सबै आत्माहरूको पिता एकै प्रमात्मा शिव हुन् भन्ने सन्देश यस यात्राले बोकेको छ।”

यात्रामा भगवान शिवको सन्देश बोकेको झाकी सहित विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधिहरू सम्पन्न भएका थिए। कार्यक्रममा समाजसेवी प्रकाश थारु, आम जनमानस र भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

भोलि बिहान ७:३० बजेदेखि विश्व दर्शन भवन छपकैयामा शिवरात्रि सम्बन्धी आध्यात्मिक प्रवचन तथा शिव ध्वजा रोहण कार्यक्रम आयोजना हुने जानकारी दिइएको छ। यस कार्यक्रममा सहभागी हुन भक्तजनहरूलाई आमन्त्रण गरिएको छ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस