२०८२ असार १७ गते, मंगलवार १३:०२

काठमाडौं —
नेपाली काँग्रेसका सांसद डा.उदय समशेर ज.ब.रा.ले सहकारीको समस्यका कारण नेपाल ग्रे लिस्टमा परेको बताउनुभएको छ ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले फाइनान्सियल एक्शन टास्क फोर्सले नेपाललाई ग्रे लिस्टमा राखेको भन्दै नेपाललाई ग्रे लिस्टमा राखेको मुख्य कारण सहकारी रहेको जिकिर गर्नुभयो । उहाँले सहकारीमा कोही व्यक्तिले जम्मा गरेको पैसाको श्रोत नखोजिने कारण पनि यि समस्या बढेको बताउनु भयो ।

उहाँले सहकारीलाई नियमन गर्नको निम्ति पनि सरकारले क्षमता बढाउन जरुी रहेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस