२०८२ असार १७ गते, मंगलवार ०६:५५

वीरगन्ज-

बुधबार वीरगन्जको पावरहाउस नजिकै भारतीय नम्बर प्लेट भएको कार र अटो एकआपसमा ठोक्किएका छन्। घटनामा अटोमा सवार दुईजना घाईते भएका छन्।

घटनाको समयमा घण्टाघरबाट गण्डकतर्फ गईरहेको बीआर ०५ वाई ०२६१ नम्बरको हुण्डाई कार र पावरहाउसतर्फबाट घण्टाघरतर्फ विपरित दिशाबाट आएको मधेस प्रदेश ०३ ००२ स ५९४० नम्बरको अटो एकआपसमा ठोक्किएका हुन्।

प्रत्यक्षदर्शीहरूका अनुसार, कार गलत दिशाबाट आईरहेको थियो। टक्कर हुँदा अटोमा सवार चारपाँच जना महिला मध्य दुईजना घाईते भएका छन्। घाईतेहरूको परिचय खुल्न बाँकी रहेको छ।

स्थानीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेका छन् भने घाईतेहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ। यातायात नियम पालना नगर्नुको कारण यस्ता घटना बढ्दै गएको प्रहरीले जनाएका छन्।

यस घटनाले यातायात नियमको पालना गर्न र सतर्कताको आवश्यकता रहेको पुनः सम्झाइएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस