२०८३ बैशाख २ गते, बुधबार ०७:११

नेसनल प्याब्सनको आठौं राष्ट्रिय महाधिवेशन वीरगन्जमा

वीरगन्ज –

नेपालको निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेसनल प्याब्सन) ले आफ्नो आठौं राष्ट्रिय महाधिवेशन वीरगन्जमा  फाल्गुन १५ र १६ गते गर्ने भएको छ। यो महाधिवेशन वीरगन्ज्को टाउनहल, आदर्शनगरमा हुनेछ।

नेसनल प्याब्सनले लुम्बिनी प्रदेशको नेपालगञ्जमा २०७८ सालमा सातौं महाधिवेशन सम्पन्न गरेपछि, यो पटक यातायात सुविधा र आर्थिक केन्द्रको रूपमा विकसित वीरगन्जमा महाधिवेशन आयोजना गर्न लागेको आयोजकले बताएको छ । यसमा देशभरका दुई हजारभन्दा बढी सदस्य विद्यालयका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ।

वर्तमान संविधान अनुसार संघीय शिक्षा ऐन नआउँदा निजी विद्यालय सञ्चालनमा समस्या देखिएको छ। त्यसैले, यो महाधिवेशनले प्रस्तावित विद्यालय शिक्षा ऐन र भविष्यमा बन्ने नियम, कानुन निजी विद्यालय मैत्री बनाउन सुझाव दिने अपेक्षा गरिएको केन्द्रिय अध्यक्ष पाण्ड्व हमालले बताए  ।

महाधिवेशनले शैक्षिक सुधार, शैक्षिक जनशक्तिको उत्पादन, तालिम र सिप विकासका कार्यक्रमहरूमा छलफल गर्नेछ। साथै, शिक्षक र कर्मचारीहरूको वृत्ति विकासका लागि योजना बनाउनेछ। कोरोना महामारीले निजी विद्यालयहरूमा पारेको असर, उच्च शिक्षामा छात्रवृत्ति विभेद र सामाजिक सुरक्षा कोष जस्ता विषयमा पनि छलफल र सुझाव दिनेछ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस