२०८२ असार १६ गते, सोमबार २३:१०

काठमाडौं-

खानेपानी, सरसफाइ तथा स्वच्छता मन्त्री प्रदीप यादवले आज भारतको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन्। उनले भारतको राजधानी नयाँ दिल्लीस्थित जलशक्ति मन्त्रालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नेछन्। यस कार्यक्रममा नेपाल सरकारका तर्फबाट मन्त्री यादवले र भारत सरकारका तर्फबाट जलशक्ति मन्त्री सिआर पाटिलले हस्ताक्षर गर्नेछन्।

यस सम्झौताले नेपाल र भारतबीच खानेपानी, सरसफाइ र फोहर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्ने लक्ष्य राखेको छ। सम्झौतामा भूगर्भीय पानी व्यवस्थापन, प्रविधि तथा सूचना आदान–प्रदान, वर्षात्को पानी सङ्कलन तथा मापन, प्रविधि साझेदारी, तालिम सहयोग जस्ता विषय समावेश छन्।

मन्त्री यादवले भारतको नीति आयोगसँग छलफल गर्ने र केही राम्रा खानेपानी आयोजनाको अवलोकन गर्ने कार्यक्रम पनि राखिएको छ। उनी मङ्गलबार स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस