२०८३ कार्तिक १५ गते, शनिबार ०५:३०

०८४ सम्म प्रधानमन्त्री बन्दिनः अध्यक्ष दाहाल

पर्सा-

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउनका लागि बनेको आरोप लगाउनुभएको छ ।

शुक्रवार वीरगन्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको बताउनु भयो । उहाँले अहिलेको सरकार भ्रष्टाचारीहरुलाई जोगाउने र नराम्रो गर्नेलाई पुरुस्कृत गर्ने काम गरिरहेको बताउनु भयो । उहाँले भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने काम प्रधानमन्त्री ओलीले गरिरहनुभएको आरोप लगाउनु भयो ।

उहाँले २०८४ सम्म आफू प्रधानमन्त्री हुने दौडमा नरहेको जिकिर गर्नुभयो । उहाँले आफू २०८४ सम्म जनताकै साथमा रहने बताउनु भयो । सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्नेकुरा माओवादीमा लागू नहुने बताउनु भयो । सरकारमा हुँदा भ्रष्टाचारबिरुद्धको आन्दोलन छेडेको बताउनु भयो । आर्थिक विकासको निम्ति गति दिने कुरामा आफूहरुले सरकारमा हुँदा जोड दिएको बताउनु भयो ।

आफू नेतृत्वको सरकार भ्रष्टाचारीहरुले हटाएको बताउनु भयो ।

प्रतिक्रिया

सञ्चारगृहमा प्रहरी हस्तक्षेपप्रति प्रधानमन्त्री कार्यालयको कडा निर्देशन, पक्राउ परेका पत्रकार रिहा हुँदै

काठमाडौँ सञ्चारगृहको समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकार पक्राउ गरेको

सञ्चारगृहमा प्रहरी हस्तक्षेपप्रति प्रधानमन्त्री कार्यालयको कडा निर्देशन, पक्राउ परेका पत्रकार रिहा हुँदै

काठमाडौँ सञ्चारगृहको समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकार पक्राउ गरेको

पोडकास्ट सुन्नुहोस