२०८२ चैत्र २७ गते, शुक्रबार ०३:५०

मदन ‘रुन्चे’को गोदाममा राजस्व अनुसन्धान कार्यालयको छापामारी

वीरगन्ज-

राजस्व अनुसन्धान कार्यालय पथलैयाले अनधिकृत व्यापारमा ख्यातिप्राप्त मदन गुप्ता ‘रुन्चे’द्वारा सञ्चालित श्री दुर्गा रोड कैरियरको गोदाममा छापामारी गरेको छ।

वीरगन्ज भन्सार कार्यालय, सशस्त्र प्रहरी बल, राजस्व अनुसन्धान कार्यालय पथलैया र वीरगंज उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागितामा भएको छापामारीमा गोदाममा रहेका कपडाको लगत कर्मचारीले लिएका छन्। सशस्त्र प्रहरीका डिएसपी लोकेन्द्र सुब्बाले तस्करीमार्फत कपडा ल्याएर भण्डारण गरेको आरोपमा छापामारी गरिएको बताए। गोदाममा कुर्ता-सुरवाल र सुटिङ-सटिङका कपडा भण्डारण गरिएको छ, तर केही कपडाको कागजात फेला नपरेको एक अधिकारीले जनाए। थप अनुसन्धानपछि मात्र एकिन तथ्य खुल्ने बताइएको छ।

ट्रान्सपोर्ट सञ्चालक रुन्चेले कपडाको कागजात रहेको दाबी गरेका छन्। स्रोतका अनुसार राति १ बजे गोदामबाट एक ट्रक माल बाहिरिएको थियो। रुन्चेको गोदाममा सशस्त्र प्रहरी र राजस्व चुहावट नियन्त्रणका निकायले पटक-पटक छापामारी गर्दै आएका छन्।

सेनाका नवआयुक्त अधिकृतहरूलाई जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ,

सेनाका नवआयुक्त अधिकृतहरूलाई जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ,

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस